Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - देश बन्छ, बनाउन हामी सक्षम छौं

प्रधानमन्त्री ओलीले भने - देश बन्छ, बनाउन हामी सक्षम छौं

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू देश बनाउन सक्षम रहेको बताएका छन्।

प्रोगेसिभ इन्जिनियर एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

सरकार देश विकासको मिसनमा रहेको उनले दाबी गरे। उनले आफूहरू देश बनाउन लागिपरेको बताए।

प्रधानमन्त्री ओलीले भने,‘देश बनाउछौं, बन्छ । हामी बनाउँछौं हाम्रो देश । केही युवाहरू काम नपाएर, केही यहाँ काम गर्ने आइडिया नभएर विदेश गएका छन्, तर यहाँ सम्भावना नभएका होइनन्।’

उद्यमशील भएमा देशमा पनि अवसर निस्कने ओलीले बताए । फरक प्रसङ्गमा ओलीले काठमाडौं महानगरका मेयर बालेन शाहप्रति कटाक्ष गर्दै अरूले बनाएको बाटोमा गमला राखेर विकास देखाएको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077