काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउने निर्णय ‘कायरताभित्रको दम्भ’ भएको बताएका छन् ।
सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै रास्वपा सांसदहरुले सो कुरा बताएका हुन् ।
कुलमानलाई हटाउने सरकारको अभिष्ट पूरा गरिसकेको भन्दै रास्वपा सांसदहरुले अब डेडिकेटेड र ट्रंकलाइनबाफतको बक्यौता उद्योगहरुबाट उठाउन माग गरे।
बैठकमा बोल्दै रास्वपा सांसद मनिष झाले बक्यौता सम्बन्धी विषय राजनीति र सत्ताको आडमा लेखा समितिमा पेण्डिङमा भएको भन्दै समितिको औपचारिक निर्णय माग गरे।
तत्काल अर्को बैठकको मिति तोक्न र सो बैठकबाट निर्णय गर्नुपर्ने माग गरे ।
अर्का सांसद हरि ढकालले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयलाई ‘कायरताभित्रको दम्भ’ भनेर टिप्पणी गरे।