Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

हेडक्वार्टर किन तानिए सिरहाका एसपी पण्डित ?

हेडक्वार्टर किन तानिए सिरहाका एसपी पण्डित ?

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । सिरहाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डित हेडक्वार्टर तानिएका छन् । उनीविरुद्ध उजुरी छानबिन शाखामा उजुरी परेपछि उनलाई हेडक्वार्टर तानिएको हो ।

यद्यपि किन तानिए भन्नेबारे स्पष्ट खुल्न सकेको छैन् । उनको स्थानमा पोखरा गणमा कार्यरत एसपी अनन्तराम शर्मालाई पठाइएको छ ।

यसअघि सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई पनि गृह मन्त्रालय तानिएको थियो । महायज्ञ गर्नका लागि औरही गाउँपालिका ५ मा दीपक मलिकको घरमा डोजर लगाएर भत्काइएको घटना सार्वजनिक भएपछि विवाद भएको थियो ।

सोही विषयमा उनीहरूमाथि छानबिन भइरहेको बताइएको छ । सो घटनामा गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077