Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कुलमान हटाएको विरोधमा संसद् अवरोध गर्ने विपक्षी दलहरुको निर्णय

कुलमान हटाएको विरोधमा संसद् अवरोध गर्ने विपक्षी दलहरुको निर्णय

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध संसदमा विरोध गर्ने भएका छन्।

सिंहदरबारमा आज बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेका हुन् ।

विपक्षी दलहरूको बैठकले कुलमानलाई गैरकानूनी रुपमा बर्खास्त गरिएको निष्कर्ष निकाल्दै विरोध गर्ने निर्णय भएको रास्वपा नेता सन्तोष परियारले बताए ।

बैठकमा सरकारका पछिल्ला गतिविधि र निर्णयहरूको बारेमा छलफल भएको उनले बताए । सरकारले संख्याको दम्भ देखाउँदै कुलमान घिसिङलाई हटाउने निर्णय गरेको उनीहरुको आरोप छ ।

उनले सडकमा पनि विरोध जारी रहने बताए । सरकारले मन्त्रीहरूको हितमा नभई जनताको हितमा काम गर्नुपर्नेमा त्यस्तो हुन नसकेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077