Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

राष्ट्रिय सभाको बैठक पनि १५ मिनेटका लागि स्थगित

राष्ट्रिय सभाको बैठक पनि १५ मिनेटका लागि स्थगित

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । राष्ट्रिय सभाको बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले विरोध गरेपछि बैठक स्थगित भएको हो।

सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा विपक्षी सांसदहरूले सरकारसँग जबाफ माग गर्दै विरोध जनाएका थिए।

अध्यक्ष नारायणप्रसाद दाहालले पटक-पटक बैठक सुचारू हुने वातावरण बनाउन आग्रह गरेपनि विपक्षी सांसदहरूले अवरोध कायम राखेपछि बैठक स्थगित भएको हो।

बुधबार नै प्रतिनिधि सभा बैठक पनि विपक्षी दलको अवरोधका कारण स्थगित भएको छ। आधा घन्टाका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक अझै बसेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077