Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौं : गृहमन्त्री लेखक

तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौं : गृहमन्त्री लेखक

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा पर्न नहुने बताएका छन् ।

भक्तपुरमा जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको नवनिर्मित भवन उद्घाटन गर्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।

उनले लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिँडिसकेको नेपाली समाज पछि फर्कन नसक्ने प्रष्ट्याए ।

गृहमन्त्री लेखकले भने, ‘लोकतन्त्र र गणतन्त्रमा सरकारले जनताको कुरा सुन्छ र भन्छ । आफ्ना कमीकमजोरी सुधारेर जाने क्षमता लोकतन्त्रमा हुने गर्छ । कुनै तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौं।’

गृहमन्त्री लेखकले लोकतन्त्रको कुनै विकल्प नरहेको बताए। लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस भइरहेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077