Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्दैन : प्रचण्ड

कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्दैन : प्रचण्ड

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा अध्यक्ष प्रचण्डले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने विषयमा प्रधानमन्त्री ओलीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जाने बताएका हुन्।

प्रचण्डले कार्यकारी निर्देशक घिसिङ हटाउने विषयमा जालझेल, षड्यन्त्र भएको टिप्पणी गरे।

अध्यक्ष प्रचण्डले भने,‘प्रधानमन्त्रीले आएर जबाफ नदिएसम्म हाउस चल्न सक्दैन भनेर भनिएकै छ। प्रधानमन्त्रीले यसलाई सहज किसिमले लिनुपर्ने हुन्छ। उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्तबुझ्दो भए हाउस चल्छ, स्पष्टीकरण चित्तबुझ्दो नभए आन्दोलन अगाडि बढ्छ।’

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रलगायत विपक्षी दलहरूले यसको विरोध गर्दै बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरूद्ध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077