Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

राष्ट्रिय सभाको बैठक पनि भोलीसम्मका लागि स्थगित

राष्ट्रिय सभाको बैठक पनि भोलीसम्मका लागि स्थगित

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रश्न उठाउँदै विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै बैठक अवरोध गरेपछि स्थगित भएको हो ।

यही कारण दिउँसो सवा १ बजे बोलाइएको बैठक कार्यसूचीमा पर्न सकेको थिएन । आधा घण्टाका लागि स्थगित बैठक पुनःबस्न सकेन । दोस्रो बैठक दिउँसो पौने ४ बजे बस्ने तय भएको थियो । तर, यो बैठकमा पनि विपक्षीले अवरोध कायमै राखे ।

त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अर्को बैठक बिहीबार मध्यान्ह सवा १२ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठक पनि विपक्षी दलको अवरोधका कारण चल्न सकेन ।

दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077