Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

प्रचण्ड लक्षित ओलीको कटाक्ष–एउटा कर्मचारीलाई हटाउँदा छाति पिटिपिटी किन रुनु

प्रचण्ड लक्षित ओलीको कटाक्ष–एउटा कर्मचारीलाई हटाउँदा छाति पिटिपिटी किन रुनु

बुधवार , चैत्र १२, २०८१

xकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूलाई धेरै हल्का र उत्ताउलो नहुने आग्रह गरेका छन् ।

बुधबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले भने–‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरू । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’

एउटा कर्मचारीलाई हटाउँदा केही मान्छे छाति पिटिपिटी रोएको टिप्पणी गर्दै उनले यसबारे जवाफ दिन आवश्यक नभएको बताए ।

उनले भने–‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्यो । सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन ।’

उनले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको प्रष्ट्याए । उनले भने–‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ । स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्स जस्तै । यो एउटा निशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।’

उनले चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेका पनि टिप्पणी गरे ।

यसअघि प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म संसद अवरोध गर्ने बताइसकेका छन् । प्रतिनिधिसभाको बैठक अबरोध गरेर बाहिरिने क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077