Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

बूढानीलकण्ठमा घर भाडा लिएर झण्डै तीन अर्बको अनलाइन जुवा, ११ भारतीय पक्राउ

बूढानीलकण्ठमा घर भाडा लिएर झण्डै तीन अर्बको अनलाइन जुवा, ११ भारतीय पक्राउ

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । प्रहरीले काठमाडौँको बूढानीलकण्ठबाट ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार २ अर्ब ९६ लाख रुपैयाँ भन्दा बढी रकमको अनलाइन जुवा (सट्टाबाजी) खेल्नेर खेलाउने तथा अभौतिक मुद्राको कारोबार गरेको आरोपमा उनीहरूलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको हो ।

मंगलबार बेलुका पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद लिएको छ। पक्राउ पर्नेमा भारतको राजस्थान प्रदेश जयपुर जिल्ला घर भई हाल बूढानीलकण्ठ नगरपालिका ३ देउला टोल बस्ने २४ वर्षका सनी मिणा, २५ वर्षका मोहित वर्मा, २६ वर्षका पिउस भारद्वाज, २५ वर्षका हरकेश डडैया,२२ वर्षका निशांत भारद्वाज र २३ वर्षका आकाश वर्मा रहेका छन् । यस्तै सोही ठाउँका १९ वर्षीय अंकित कुमार सैनी, २३ वर्षका सन्जु शाकला, २८ वर्षका रामसिंह जाठ, १९ वर्षका लोकेश कुमार र १९ वर्षका विकाश कुमार रहेका छन् ।

बूढानीलकण्ठ नगरपालिका ३ देउलाटोलस्थित एउटा घर भाडामा लिइ उनीहरुले अनलाइन जुवा ९सट्टाबाजी० खेल्ने, खेलाउने कार्य गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

उनीहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीको मोवाईल फोन ३४ थान, ल्यापटप ५ थान, हिसाबकिताबको अभिलेख राखिएको नोट बुक ४ थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय एटीएम कार्ड २७ थान र भारतीय सिमकार्ड ४० थान बरामद गरेको छ ।

उनीहरुमाथि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077