काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सांसद गोकुल बास्कोटाले नेकपाको लहडी एकता र दुर्दान्त विभाजनलाई दुःखद इतिहासको संज्ञा दिएका छन् ।
बास्कोटाले बिहीबार सामाजिक सञ्जालमा लेख्दै पछिल्लो समय वर्तमान राजनीतिमा भइरहेको उथलपुथललाई लक्षित गर्दै यस्तो भनेका हुन् । उनले कम्युनिष्ट राजनीतिको सुखद इतिहास जननेता मदन भण्डारीको उदय र जवजको प्रतिपादन भएको बताए ।
उनले लेखेका छन्, 'नेपालको लोकतान्त्रिक र कम्युनिष्ट राजनीतिको सर्वाधिक सुखद इतिहास जननेता मदन भण्डारीको उदय र जवजको प्रतिपादन हो भने दुस्खद इतिहास नेकपाको लहडी एकता र दुर्दान्त विभाजन।'
उनले अधिकारका लागि लड्न र मिल्न नसक्ने नोस्टाल्जियाले नेपालका वाम्पन्थीलाई सुदुर भविष्यसम्म सताइरहने पनि दाबी गरेका छन्। उनले भने, 'अधिकारका लागि लड्न सक्ने मिल्न नसक्ने नोस्टाल्जियाले नेपालका वाम्पन्थीलाई सुदुर भविष्यसम्म सताइरहने पक्कापक्की छ।'