काठमाडौं । विपक्षी दलहरूले विहीबार पनि संसद बैठकमा विरोध जारी राख्ने भएका छन् । आज बिहान ११ बजे बैठक बस्दै छ ।
तर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहितका दलहरुले संसदमा विरोध गर्ने तयारी गरेका हुन् ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयबारे सरकारसँग जबाफ माग्दै संसदका सबै विपक्षी दलहरूको विरोध जनाएका थिए ।
जसकारण हिजोको बैठक पनि चल्न सकेको थिएन । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा आएर जवाफ दिन माग गरिरहेका छन् । बिहीबार पनि सबै विपक्षी दलहरू एक भएर विरोध जारी राख्ने तयारी छ ।