Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब १५ वर्षमुनिका बालबालिकाको मुटु उपचार निःशुल्क

अब १५ वर्षमुनिका बालबालिकाको मुटु उपचार निःशुल्क

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्।

मन्त्री पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत् उपचार निःशुल्क गर्ने व्यवस्था गरेको बताएका हुन् ।

अस्पतालको सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रवि मल्लले बताए।

कार्यकारी निर्देशक मल्लले भने–‘आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भनेर मन्त्रीज्यूले भनेपछि आन्तरिक र अन्य स्रोतबाट उपचार गराउने निर्णय गरेका हौं ।’

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रिया सहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता उपलब्ध गराउने गरेको छ।

उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक स्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो।

यस वर्षको पुस महिनासम्म चार सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रिया सहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन्।

मन्त्री पौडेलले भने–‘आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट बञ्चित नहोउन् भन्ने हाम्रो चाहना हो । यसका लागि थप श्रोतको खोजीसमेत गरिनेछ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077