Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न नदिने माओवादीको अडान

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न नदिने माओवादीको अडान

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएको छ ।

बिहीबार संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै माओवादीका सांसद माधव सापकोटाले सो बारे जानकारी गराएका हुन् ।

उनले संसदले बनाएको प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताए । उनले सरकारलाई खबरदारी गर्ने थलो संसद भएको दाबी गरे ।

उनले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकलाई मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेकाले विपक्षी दलहरुले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077