Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

अब हट्ने भयो लोडसेडिङ, थप ४ घण्टा विद्युत् दिन भारत तयार

अब हट्ने भयो लोडसेडिङ, थप ४ घण्टा विद्युत् दिन भारत तयार

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । भारतबाट थप ६०० मेगावाट विद्युत् आपूर्ति हुने भएको छ । ऊर्जा मन्त्रालयका अनुसार भारतले थप ४ घण्टा विद्युत् दिने सहमति भएको हो ।

इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत् दिने स्वीकृत भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

उक्त विद्युत् ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने छ ।

भारतले मध्यरातदेखि विहान ४ बजे, विहान ६ बजेदेखि साँझ ५ बजे र राति ११ बजेदेखि १२ बजेसम्म विद्युत् दिने सहमति जनाएको हो ।

नेपालमा सुख्खा याममा हुने विद्युत् समस्या समाधानका लागि सरकारले भारतसँग थप विद्युत् माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077