Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

बारामा सिडिओ कै अगाडि तस्करी, दुई प्रहरीलाई निलम्बन गर्न आदेश !

बारामा सिडिओ कै अगाडि तस्करी, दुई प्रहरीलाई निलम्बन गर्न आदेश !

बिहिवार , चैत्र १३, २०८१

बारा । मधेस प्रदेशका जिल्लाहरुका सीमानाकाबाट निर्बाध रुपमा तस्करी भइरहेको खुलेको छ । बिहीबार बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी अनुगमनका लागि मटिअर्वा नाकामा पुगेका थिए ।

सोही बेला त्यस नाकाबाट अवैध रुपमा तस्करी भइरहेको खुलेको हो । सिडियो अधिकारी मटिअर्वा नाकामा पुगेको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक एक जवान डिउटीमा खटिएका थिए ।

तर उनीहरुले मोटरसाइकलमा तस्करी भइरहँदा समेत प्रहरीका जवानले नियन्त्रण नगरेको भन्दै निलम्बनको आदेश दिएका छन् । उनले घटनास्थलबाट बाराका प्रहरी प्रमुखलाई फोन गर्दै आजै निलम्बन गर्न आदेश दिए ।

सार्वजनिक भिडियोमा भनिएको छ, '१२/१५ वटा बाइक तस्करीका सामान लिएर जाँदैछन् । उनीहरुले चेकजाँच गर्दैनन् । यो बाटोमा सामान हेर्दैहेर्दै छन् । मैले आफ्नै आँखाले देखिरहेको छु । उनीहरु चोकमा मज्जाले बसिरहेका छन् । उनीहरुलाई आजै निलम्बन गर्नु ।'

यी नाकाहरुमा प्रहरी कै मिलेमतोमा तस्करी हुने गरेको आरोप छ । यो घटनाले मधेस प्रदेशका सीमानाकामा तस्करी बढेको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077