Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

समाजवादी मोर्चाको प्रदर्शनलाई एमालेको समर्थन

समाजवादी मोर्चाको प्रदर्शनलाई एमालेको समर्थन

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार समाजवादी मोर्चाले काठमाडौंमा गर्ने प्रदर्शनलाई समर्थन जनाएका छन् ।

महासचिव पोखरेलले फेसबकमा स्टाटस लेखेर मोर्चाले शुक्रबार गर्न लागेको जनप्रदर्शनलाई प्रतिगनको कुप्रयास विरूद्धको सकारात्मक पहल रहेको बताएका हुन् ।

उनले दलहरू आपसमा प्रतिस्पर्धा तथा एक अर्काको आलोचना र विरोध गर्दै जनअभिमतबाट आफूलाई स्थापित गर्ने कोसिस गर्ने बताए।

'तर जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्दछ भने त्यसको डटेर सामना पनि गर्दछन् । इतिहासले धेरै पटक यस्तो तथ्यलाई प्रमाणित गरेको छ । त्यसमाथि अहिलेको युग जनसचेतनताले सुसम्पन्न लोकतन्त्रको युग हो,'उनले लेखेका छन्।

आज राजावादीलाई चुनौती दिँदै मोर्चाले काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077