Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

समाजवादी मोर्चा आज यी ७ स्थानबाट जुलुस निकाल्दै

समाजवादी मोर्चा आज यी ७ स्थानबाट जुलुस निकाल्दै

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । समाजवादी मोर्चाले आज ७ स्थानबाट जुलुस निकाल्दै छ ।

मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

जसअनुसार माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोर्‍हखुट्टे जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुँदै आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् ।

अपरान्ह १२ बजेबाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ । राजावादीहरू सक्रिय भए पछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077