Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संघीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा हुने

संघीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा हुने

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । स्वास्थ्य बीमा कोष वृद्धिका लागि संघीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा हुने भएको छ ।

संघीय अस्पताल विकास समितिको कूल आम्दानीको एक प्रतिशत कोषमा जम्मा गराउने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन् ।

यो निर्णयसंगै स्वास्थ्य बीमा बोर्डलाई थप स्रोत प्राप्तिका लागि समेत बाटो खुलेको हो ।

आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा कोष सक्रिय बनाउन सो रकम कोषमार्फत नै जम्मा गराउने निर्णय गरे । मन्त्रालयको यस तयारीलाई अर्थ मन्त्रालयले सहमति समेत दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077