Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

काठमाडौंमा वायु प्रदूषणले खतराको तह नाघ्यो, मर्निङ वाक नगर्न सुझाव

काठमाडौंमा वायु प्रदूषणले खतराको तह नाघ्यो, मर्निङ वाक नगर्न सुझाव

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । काठमाडौंलगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ ।

वायुको अवस्था मापन गर्ने आईक्यू एअरको तथ्याङ्कअनुसार आज बिहान काठमाण्डौको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३५६ छ ।

एक्यूआई ५० सम्म स्वस्थकर, १०१ देखि १५० सम्म सामान्य जोखिम, १५१ देखि २ सयसम्म अस्वस्थकर, २०१ देखि ३०० सम्म निकै अस्वस्थकर र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।

काठमाण्डौ आज विश्वकै प्रदूषित शहरमध्ये दोस्रोमा परेको छ । आज सबैभन्दा धेरै प्रदुषण इराकको बगदाद रहेको छ । त्यहाँ आज बिहान एक्यूआई ११ सयभन्दा माथि पुगेको थियो । अहिले भने त्यहाँको एक्यूआई ६०७ पुगेको छ ।

पछिल्लो केही दिनदेखि काठमाण्डौमा प्रदूषण बढ्दा अस्पतालहरुमा बिरामीको चाप बढेको छ ।

स्वास्थ्य मन्त्रालयले वायु प्रदूषण बढेका कारण अनावश्यक यात्रा र बिहानी हिँडाइ नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077