Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षा विधेयकबारे मन्त्री र सांसदहरुसँग छलफल गर्दै कार्यबाहक प्रधानमन्त्री

शिक्षा विधेयकबारे मन्त्री र सांसदहरुसँग छलफल गर्दै कार्यबाहक प्रधानमन्त्री

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शिक्षा विधेयकबारे सिंहदरबारमा छलफल थालेका छन् । सिंहदरबारमा गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिका सांसदहरूसहितको छलफल सुरु भएको हो ।

शिक्षा समितिमा विधेयकको काम कहाँसम्म पुगेको छ र शिक्षकका मागका विषयमा कार्यबाहक प्रधानमन्त्री सिंहले बुझ्न लागेका हुन् ।

कार्यबाहक प्रधानमन्त्री सिंहले सम्बन्धित सरोकारवालासँग विधेयकको स्थितिबारे छलफल गरेपछि आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने तयारी रहेको सचिवालयको भनाइ छ ।

यसअघि आजै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा आउन आग्रह गर्दा शिक्षक महासंघले अस्वीकार गरेको थियो ।

शिक्षा समितिले उपसमिति बनाएर विधेयकको काम अगाडि बढाएको छ । तर, विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू काठमाडौंमा आएका छन् ।

बुधबारदेखि शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । नयाँ शैक्षिकसत्र सुरु गर्नुपर्ने समयमा शिक्षकहरू आन्दोलनमा उत्रिएपछि सरकारले चासो दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077