Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शिक्षक अन्दोलन आज पनि जारी, सरकारले नसुनेको भन्दै सिठ्ठी फुकेर विरोध

शिक्षक अन्दोलन आज पनि जारी, सरकारले नसुनेको भन्दै सिठ्ठी फुकेर विरोध

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । गत चैत २० गते देखि सुरू भएको शिक्षक अन्दोलन आज पनि जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिक्षकहरूको माग सरकारले सुन्ने बताए पनि उनीहरूले विश्वस्त हुन नसकेको भन्दै आज सिठ्ठी बजाएर विरोध प्रदर्शन गरेका छन् ।

आइतबार उनीहरूले माइतीघरदेखि नयाँबानेश्वरसम्मको सडकमा सिठ्ठी बजाएर विरोध प्रदर्शन गरेका हुन् ।

शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलित भएका छन् । नेपाल शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन थालेको थियो ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।

उनीहरूले माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वरसम्म पुगेर सरकारको कानसम्म आफ्ना कुरा पुर्‍याउने कोसिस गरेका हुन् ।

नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।

यद्यपी सरकारले पटक–पटक वार्तामा बोलाउँदा भने शिक्षक महासंघले अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077