Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्ययन बिदामा जान्छन् तर, फर्किदैनन् प्राध्यापक

अध्ययन बिदामा जान्छन् तर, फर्किदैनन् प्राध्यापक

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । अध्ययन बिदा लिएर गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र कर्मचारी बिदा अवधी सकिदा पनि फकिएका छैनन् ।

ठूलो संख्यामा प्राध्यापक र कर्मचारी अध्ययन बिदा लिने र विदेश गएर उतै लुकेको पाइएपछि त्रिविले छानबिन समिति बनाएर खाजी कार्य अगाडी बढाएको छ ।

त्रिवि स्रोतका अनुसार ३०० बढी शिक्षक कर्मचारी अध्ययन बिदामा गएर फर्किएका छैनन् ।

छानबिन समिति संयोजक डा.जीवन काफ्लेले डिन कार्यालय, क्याम्पस, केन्द्रीय विभाग लगायतका कार्यालयमा पुगेर नफर्किने प्राध्यापक र कर्मचारीको खोजी गरिरहेको बताए ।

उनका अनुसार त्रिविका ३८ वटा क्याम्पस,डिन कार्यालय, केन्द्रीय विभागमा खोजबिन सकिएको छ ।

‘अध्ययन बिदामा गएका त्रिविका कति शिक्षक कर्मचारी फर्किए कति उतै लुके भन्ने तथ्यांक त्रिविसँग छैन । त्यसैले समिति बनाएर त्रिविले तथ्यांक संकलन गरिरहेको हो’– डा.जीवन काफ्लेले भने ।

कति संख्यामा शिक्षक कर्मचारी बिदेशमै लुकेका छन् भन्ने तथ्यांक एकैपटक सार्वजनिक गरिने उनले बताए ।

पहिलो चरणमा तथ्यांक संकलन गरेपछि नफर्किनेलाई कारबाही गर्ने त्रिविले जनाएको छ ।

‘समितिले सम्बन्धित क्याम्पसमै पुगेर खोजबिन गरिरहेको छ । ठूलो संख्यामा शिक्षक र कर्मचारी अध्ययन बिदामा गएर नफर्किएको पाइएको छ’, उनले भने, ‘पुराना फाइलबाट पनि संकलन गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077