काठमाडौं। नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकसँग सरकार प्रमुखकै तहबाट वार्ताको पहल गर्न आग्रह गरेको छ ।
कांग्रेसको केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिंह महरले विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघसँग यसअघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता संवादको पहल थाल्न आग्रह गरेका हुन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै २ महिनादेखि चरणबद्ध आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्दै आएको छ ।