Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिजो सिठ्ठी फुकेका शिक्षकले गरे आज कालो मास्कसहितको मौन प्रदर्शन

हिजो सिठ्ठी फुकेका शिक्षकले गरे आज कालो मास्कसहितको मौन प्रदर्शन

सोमवार , चैत्र २४, २०८१

काठमाडौं। विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आएका शिक्षकहरुले सोमबार कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् ।

शिक्षकहरूले आज काठमाडौंको माइतीघरमा कालो मास्क लगाएर जुलुस निकालेका हुन् । उनीहरूले काठमाडौंको माइतीघरदेखि कालो मास्क लगाएर मौन हुँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसअघि शिक्षकहरू कहिले सडकमै सुतेर प्रदर्शन त कहिले सिठ्ठी फुकेर सडकबाट सरकारको ध्यानाकर्षण गर्दै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिक्षकहरूको माग सरकारले सुन्ने बताए पनि आइतबार उनीहरूले विश्वस्त हुन नसकेको भन्दै सिठ्ठी बजाएर विरोध प्रदर्शन गरेका थिए ।

आइतबार उनीहरूले माइतीघरदेखि नयाँबानेश्वरसम्मको सडकमा सिठ्ठी बजाएर विरोध प्रदर्शन गरेका हुन् ।

शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलित भएका छन् । नेपाल शिक्षक महासङ्घले २० गते बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन थालेको थियो ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077