Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

राजावादी आन्दोलनमा ट्राफिक लाइट फुटाउने र घरमा आगो लगाउने तामाङ पक्राउ

राजावादी आन्दोलनमा ट्राफिक लाइट फुटाउने र घरमा आगो लगाउने तामाङ पक्राउ

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । राजावादी समूहले १५ चैतमा गरेको हिंसात्मक प्रदर्शनका बेला तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा कुमार तामाङ छन् । तामाङलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तामाङले जडिबुटीमा रहेको एक घरमा समेत आगजनी गरेको प्रहरीको भनाइ छ ।

यो घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले मात्र २७ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंले विस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077