Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

राप्रपाको प्रदर्शनको पूर्वसन्ध्यामा नक्सालमा तीन सुरक्षा निकायबीच संयुक्त बैठक

राप्रपाको प्रदर्शनको पूर्वसन्ध्यामा नक्सालमा तीन सुरक्षा निकायबीच संयुक्त बैठक

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आह्वान गरेको प्रदर्शनको पूर्वसन्ध्यामा तीन सुरक्षा निकायबीच संयुक्त बैठक बसेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले संयुक्त बैठक राखेका छन् ।

बैठकमा नेपाल प्रहरी प्रमुख दिपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापासहित तीन वटै सुरक्षा निकायका उच्च अधिकृतहरु सहभागी थिए ।

बैठकमा समसामयिक सुरक्षा अवस्थाबारे छलफल साथै भावी रणनीतिबारे कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077