Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शिक्षकहरुले दिउँसै टर्च बालेर सरकारविरुद्ध गरे प्रर्दशन

शिक्षकहरुले दिउँसै टर्च बालेर सरकारविरुद्ध गरे प्रर्दशन

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । आन्दोलनरत शिक्षक–कर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारविरुद्ध विरोध प्रर्दशन गरेका छन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले टर्च बालेर सरकारविरुद्ध प्रर्दशन गरेका हुन्।

उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए।

बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षकहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका थिए।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् ।

यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077