Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

हत्या गरी फरार रहेका प्रतिवादी १७ बर्षपछि पक्राउ, साधुको भेसमा लुकेका थिए

हत्या गरी फरार रहेका प्रतिवादी १७ बर्षपछि पक्राउ, साधुको भेसमा लुकेका थिए

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । कर्तव्य ज्यान सम्बन्धी कसुरमा ६२ वर्षीय लोकनाथ साह तेली पक्राउ परेका छन् ।

२०६४ वैशाख २५ गते प्रतिवादी तेलीले जग्गा सम्बन्धी विवादको विषयमा छलफल गर्ने भनी बोलाइ पर्साको साविक बहुअर्वाभाठा गाविस वडा नं.५ बस्ने ढोडा मुखिया विनलाई गोली प्रहार गरी हत्या गरेर फरार रहेका थिए ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनी भारतस्थित चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा विगत दश वर्षदेखि साधुको भेष धारण गरी लुकिछिपी बसेका थिए ।

सर्वोच्च अदालतको मिति २०६९ कात्तिक २४ गतेको फैसला आदेशले निजमाथि साविक मुलुकी ऐन, ज्यानसम्बन्धी महलकोे १३ (१) बमोजिम सर्वस्वसहित जन्मकैद ठहर भएको थियो ।

उनलाई सोमबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि मङ्गलबार पर्सा जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077