Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तीनकुने घटनामा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ

तीनकुने घटनामा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । तीनकुने क्षेत्रमा आगजनी र तोडफोड गरेको आरोपमा थप दुईजना पक्राउ परेका छन् ।

नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा भएको प्रदर्शनका क्रममा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिकाका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाका ३० वर्षीय जितबहादुर श्रेष्ठ छन् ।

गत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट करोडौंको क्षति भएको थियो ।

उनीहरुलाई अपराधिक उपद्रव कसुर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट २० दिनको मिलान म्याद थप अनुमति लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077