Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कैलालीमा प्रहरी कार्यालय अगाडि भेटियो पुरुषको शव

कैलालीमा प्रहरी कार्यालय अगाडि भेटियो पुरुषको शव

बुधवार , चैत्र २६, २०८१

कैलाली । कैलालीको अत्तरियामा एक पुरुषको शव फेला परेको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिषरमा पुरुषको शव फेला परेको हो ।

अर्धनग्न अवस्थामा फेला परेको शवमा चोटपटक पनि देखिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । अहिले इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गंगाबहादुर थापासहितको टोली घटनास्थलमा छ ।

शवको पहिचान हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077