Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कांग्रेस र कम्युनिष्टको शासन रहेसम्म देशमा विकास हुँदैन :उपेन्द्र यादव

कांग्रेस र कम्युनिष्टको शासन रहेसम्म देशमा विकास हुँदैन :उपेन्द्र यादव

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र एमालेका कारण देशमा चरम गरिबी र बेरोजगारी बढेको आरोप लगाएका छन् ।

रौतहटको गरुडामा जसपा नेपालको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै यादवले कांग्रेस र कम्युनिष्टको शासन रहेको तर देशमा विकास हुन नसकेको बताएका हुन् ।

उनले भने ,‘देशका ठूलाठूला उद्योग धन्दा, कलकारखाना, कम्पनी बन्द हुँदा अहिले रोजगारी नपाएर यूवाहरु विदेश पलायन हुन बाध्य हुँदा पनि दुई दलले देश बनाउनुको सटा लुटधन्दामा लागेको कारण देशमा विकास हुन सकिरहेको छैन् । विकसित देश बन्ने धेरै आधार हुँदाहुँदै कांग्रेस–कम्युनिष्टकै कारण देशको अवस्था गरिबी, बेरोजगारी बन्नु परेको छ । ’

कांग्रेस र एमालेको शासन रहेसम्म देशमा सुशासन सम्भव नभएको बताए । देशलाई विकासको गतिमा अगाडि बढाउन र देशबाट गरिबी बेरोजगारी अन्त्य गर्नु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077