Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा असईको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा असईको मृत्यु

बुधवार , चैत्र २६, २०८१

नेपालगञ्ज । नेपाल प्रहरीका एकजना सहायक निरीक्षक (असई) को मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, बर्दियामा कार्यरत प्रहरी असई टोपबहादुर बस्नेतको आज बुधबार मृत्यु भएको हो ।

बाँकेको जानकी गाउँपालिका–४ स्थित मानपुरमा बस्नेतले चलाएको लु ७८ प ३८५० नं को मोटरसाइकल अनियन्त्रित भएर ट्रलीमा ठोक्किर दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगर निवासी ४५ वर्षीय बस्नेत कार्यालयको कामका लागि नेपालगञ्ज बजारबाट बर्दिया फर्कने क्रममा सो दुर्घटना भएको थियो।

उनको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्जमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077