Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

जडिबुटी कम्पनीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जडिबुटी कम्पनीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जडिबुटी कम्पनीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड शाखा कार्यालय कैलालीका प्रमुख स्टोर सहायक तह–५ मा कार्यरत प्रेम बहादुर रावलविरुद्ध अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नक्कली शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेर जागिर खाएको अभियोग उनीमाथि छ।

उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कूल ऐण्ड इण्टरमिडिएट एजुकेशन यु।पी।को हाइस्कूल परिक्षा उत्तीर्ण गरेको भनी झुट्टा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा स्टोर सहायक तह–४ मा भर्ना भई हाल बढुवा भएर पाँचौ तहमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077