काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोले अनलाइन ठगीबाट सचेत रहन आग्रह गरेको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै प्रवक्ता दीपक राज अवस्थीले ठगीबाट बच्न सचेत हुन आग्रह गरेका हुन् ।
मुख्यगरी सामाजिक सञ्जालमार्फत लोन भुक्तानी, सेयर मार्केटसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिङ्कमार्फत आवश्यक सफ्टवेर फाइल इन्स्टल गर्नुपर्ने भनी फिसिङ गर्ने क्रम बढिरहेको विज्ञप्तिमा उल्लेख छ।
ब्यूरोले प्राप्त त्यस्ता लिङ्कहरू क्लिक तथा इन्स्टल नगर्नसमेत अनुरोध गरेको छ ।