Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सुतेकै ठाउँबाट तीन महिने शिशु गायब

सुतेकै ठाउँबाट तीन महिने शिशु गायब

शुक्रवार , चैत्र २८, २०८१

दैलेख । दैलेखमा सुतेकै ठाउँबाट एउटा शिशु गायब भएका छन् ।

जिल्लाको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशु बेपत्ता पारिएको हो । ‎गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढालाई बेपत्ता पारिएको प्रहरीले जनाएको छ ।

‎बमबहादुरका दाजु दीपक बुढाका अनुसार सबै सुतिरहेका बेला ‎घर पछाडिको रुखमा राखेको खरमा आगो लागेको थियो । खरमा आगो लागेको थाहा पाएपछि घरका सबै जना आगो निभाउन गएका थिए ।

तर, आगो निभाएर फर्किँदा घरमा बच्चा थिएन । बच्चा चोर्न कुनै समूहले खरमा आगो लगाएको हुनसक्ने उनले आशंका गरे । प्रहरीले शिशुको खोजी कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077