Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

काँकडभिट्टा नाकाबाट दुर्गा प्रसाईलाई नेपाल ल्याइँदै

काँकडभिट्टा नाकाबाट दुर्गा प्रसाईलाई नेपाल ल्याइँदै

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । राजावादीले गरेको हिंसात्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईंलाई भारतमा पक्राउ गरी आज नेपाल ल्याइँदै छ ।

उनलाई केही बेरमा काँकडभिट्टा नाकाको मेची पुल ल्याइपुर्‍याइने भएको हो । मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरु उनको प्रतिक्षामा रहेका छन् ।

१५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको स्रोत बताउँछ ,

उत्पात मच्याएर भागेका प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए । राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए ।

साथै उनका समर्थहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए । ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077