Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दुर्गा प्रसाईलाई विमानबाट काठमाडौं ल्याइँदै

दुर्गा प्रसाईलाई विमानबाट काठमाडौं ल्याइँदै

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । काठमाडौँको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउने प्रहरीले तयारी गरेको छ ।

भारतीय प्रहरीको सहयोगमा उनलाई बिहीबार आसाममा पक्राउ गरिएको थियो । झापाको काँकडभिट्टा नाकामा प्रसाईँ समर्थकहरू भेला भएका छन् ।

मेची पुलमा आफन्त र समर्थकको भिड बढेपछि उनलाई अर्कै नाकाबाट नेपाल छिराउने तयारी भएको छ ।

नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउने प्रहरीको तयारी छ ।

चैत १५ मा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077