Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दुर्गा प्रसाईको पक्राउ किन गोप्य ?

दुर्गा प्रसाईको पक्राउ किन गोप्य ?

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । बिहीबार भारतको आसाममा पक्राउ परेका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईलाई प्रहरीले नेपाल ल्याएको छ। यद्यपी उनलाई काठमाडौं ल्याएपछि मात्र सार्वजनिक गर्ने प्रहरी तयारी छ ।

भारतसँग सुपुदर्गी सन्धि कार्यान्वायनमा नरहेकाले उनको पक्राउको विषयमा प्रहरीले केही बोलेको छैन । स्रोतका अनुसार प्रहरीको बिशेष ब्यूरोले भारतीय अधिकारीसँग समन्वय गरी उनलाई पक्राउ गरी नेपाल ल्याएको हो ।

उनलाई पक्राउ गर्न गएको ब्यूरोको टोली काठमाडौं आइसकेको छ। भारतमा पक्राउ परेको भन्दा पछि मुद्दामा समस्या हुने भएकाले प्रहरीले यस विषयलाई गोप्य राखेको छ। कुन नाकाबाट ल्याइएको समेत अहिलेसम्म खुलाइएको छैन ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको आन्दोलन हिंसात्मक भएको थियो। प्रसाईले सो दिन गाडीले प्रहरीलाई धकेलेर निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।

हिंसाका लागि उनले नै उचालेको प्रहरी दाबी छ । सोही दिन प्रहरीलाई छक्याउँदै उनी भाग्न सफल भएका थिए । सो घटनामा राप्रपाका नेतहरु रबिन्द्र मिश्र, धवलशमशेर राणा लगायत ७० भन्दा धेरैलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

मुख्य आरोपीका रुपमा प्रसाईमाथि कारबाहीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077