Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको राजावादी आन्नदोलनका कमाण्डर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइपुर्याइएको छ ।

उनलाई बुद्ध एअरको जहाजमार्फत आज काठमाडौं ल्याइएको हो ।

तीनकुनेमा अराजकता मच्चाउने समूहका अगुवा प्रसाईंमाथि अनुसन्धानका लागि आजै म्याद थप गर्ने तयारी भएको छ ।

प्रहरीले अहिले कागजात मिलाइरहेको छ । उनलाई आजै म्याद थपका जिल्ला अदालत काठमाडौं लग्नेछ ।

उनी राजा फर्काउने भन्दै चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसा मच्चाएर फरार थिए । उनीसँगै आज उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं ल्याइएको छ ।

उनीहरू दुवैलाई राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको हो ।

गत चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुनेमा आयोजना गरेको आमसभा हिंसात्मक बन्दा दुईजनाले ज्यान गुमाएका थिए ।

राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन परिचालन समितिले प्रसाईंलाई उक्त प्रदर्शनमा जनकमाण्डर बनाएर पठाएको थियो । चैत १४ गते निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेपछि प्रसाईं जोशिएका थिए ।

भीडलाई उत्तेजित बनाएर प्रसाईं प्रहरीको सुुरक्षा घेरा तोडी भाग्न सफल भएका थिए । प्रसाईंको सचिवालयले उनलाई भारतको आसाम राज्यबाट बिहीबार राति पक्राउ गरिएको दाबी गरेको थियो प्रहरीले उनलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077