Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी पुगेर शिक्षकहरुलाई प्रधानमन्त्री ओलीले भने-भावनामा बगेर आन्दोलन नगर्नुस्

लुम्बिनी पुगेर शिक्षकहरुलाई प्रधानमन्त्री ओलीले भने-भावनामा बगेर आन्दोलन नगर्नुस्

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शिक्षा ऐन जारी गर्ने बताएका छन् ।

एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकको समस्या समाधान गर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने,‘शिक्षक साथीहरू आन्दोलनमा हुनुहुन्छ, तपाईंहरूका पनि अप्ठ्यारा छन्, समस्या छन्, तिनै अप्ठ्यारा र समस्या समाधान गर्न यो सरकार बनेको हो । लामो समयदेखि ऐन रोकिएर बसेको छ, हामी त्यसलाई ल्याउँछौं भनेकै छौं । भावनामा बगेर समस्या समाधान हुँदैन ।’

प्रधानमन्त्री ओलीले उपयुक्त समयमा राष्ट्रको हित हुने गरी ऐन कानुन ल्याउने र व्यवस्थित ढंगले सबै समस्याको समाधान गर्ने बताए ।

शिक्षकहरू २० चैतदेखि सडक आन्दोलनमा छन् भने सोमबारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा गरेका छन् ।

वार्ता र सहमति गर्नेभन्दा पनि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने शिक्षक महासंघले माग राख्दै आएको छ ।

हिजो सरकारसंग भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077