Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शिक्षा मन्त्रालयले भन्यो - सबै स्थानीय तहहरुमा पाठ्यपुस्तक पुगिसक्यो

शिक्षा मन्त्रालयले भन्यो - सबै स्थानीय तहहरुमा पाठ्यपुस्तक पुगिसक्यो

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका स्थानीय तहहरूमा पाठ्यपुस्तक पुर्‍याइसकिएको जनाएको छ।

मन्त्रालयले एक सूचना निकाल्दै दुर्गम तथा हिमाली जिल्लाहरूमा पनि पाठ्यपुस्तक पुगिसकेको उल्लेख गरेको हो।

मुगु जिल्लाका दुई वटा स्थानीय तहमा भने पाठ्यपुस्तक पुर्‍याउन बाँकी छ।

शिक्षा मन्त्रालयले भनेको छ,‘सबै स्थानीय तहका बिक्री केन्द्रहरूसम्म पाठ्यपुस्तक पुगिसकेको जानकारी जनक शिक्षा सामग्री केन्द्रले दिएको छ।’

केन्द्रले एक करोड ७० लाख ५० हजार सय थान पाठ्यपुस्तक छपाइ गरेको थियो।

चैत्र २९ गतेसम्ममा विभिन्न ९ ओटा प्रादेशिक केन्द्रहरूबाट ७५ लाख ९४ हजार ७५ थान पाठ्यपुस्तक बिक्री भएको र आवश्यकता अनुसार पाठ्यपुस्क मौज्दात रहेको केन्द्रको भनाइ छ।

कुनै बिक्री केन्द्रमा पाठ्यपुस्तक नपुगेको भएमा केन्द्रका वितरण केन्द्रहरू वा सम्बन्धित स्थानीय तहको शिक्षा शाखा वा सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

साथै शिक्षा मन्त्रालय‍को ०१ ४२००३५३ मा पनि सूचना दिन सकिने मन्त्रालयको भनाइ छ। नयाँ शैक्षिक सत्र भने सुरू भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077