Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ वर्षमा पनि सडकमै शिक्षक,ऐन नलिई फर्किदैनौँ : शिक्षक महासंघ

नयाँ वर्षमा पनि सडकमै शिक्षक,ऐन नलिई फर्किदैनौँ : शिक्षक महासंघ

सोमवार , बैशाख १, २०८२

काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै सडकमा प्रर्दशन गरेका छन् ।

सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक–पटक संवाद भए पनि सहमति नजुटेपछि शिक्षकहरु नयाँ वर्षको पहिलो दिन पनि माइतीघर–बानेश्वर सडकमा प्रर्दशन गरिरहेका हुन् ।

सोमबार प्रदर्शनको १३औं दिन हो ।

विगतमा पटक–पटक सहमति गर्ने तर कार्यान्वयन नहुने भोगाइका कारण शिक्षकहरूले ऐन नलिई नफर्किने अडान लिएका छन् ।

नयाँ वर्षको आरम्भको यो दिन पनि आम नेपाली विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलनको मोर्चामा खर्च गरेको शिक्षक महासंघले जनाएको छ ।

शिक्षक महासंघको आह्वानमा २० चैतदेखि सडक आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077