Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

म आफूलाई कांग्रेस हुँदै कम्युनिष्ट बनेको नयाँ मान्छे भन्न रुचाउँछु : बाबुराम भट्टराई

म आफूलाई कांग्रेस हुँदै कम्युनिष्ट बनेको नयाँ मान्छे भन्न रुचाउँछु : बाबुराम भट्टराई

बुधवार , बैशाख ३, २०८२

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले आफू पहिलो कालखण्डमा कांग्रेस र त्यसपछि कम्युनिष्ट हुँदै नयाँ विचार बोक्ने मानिस बनेको बताएका छन्।

बुधबार काठमाडौंमा भएको कांग्रेस नेता चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ लोकार्पण समारोहमा बोल्दै भट्टराईले पहिले आफू कांग्रेससँग नै निकट रहेको बताए।

उनले भने–‘धेरै कांग्रेसका साथीहरूले सोध्ने गर्नुहुन्छ–यो कांग्रेस हो कि कम्युनिष्ट हो भनेर। म अलिअलि कांग्रेस, अलिअलि कम्युनिष्ट र दुइटै भन्दा अगाडि विचार बोक्ने नयाँ मान्छे भन्दछु आफूलाई ।’

उनले कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई स्मरण गर्दै थपे–‘कृष्णप्रसाद भट्टराईजीले माया गर्नुहुन्थ्यो। उहाँको देहान्त हुनुभन्दा एक साताअघि अस्पतालमा भेट भएको थियो। उहाँ ठट्टा गर्दै कुरा गर्नुहुन्थ्यो। त्यसबेला उहाँले बाबु कहिले तिमी माओवादी हुनुभयो भन्नुभयो।’

कृष्णप्रसाद भट्टराईले आफूलाई कांग्रेस नै ठान्ने गरेको बाबुराम बताउँछन्। तर आफ्नो राजनीतिक जीवनको सुरूवात गोरखा छोप्राकका कृष्णप्रसाद न्यौपाने भएको उनको भनाइ छ।

उनले भने–‘नाताले मामा कृष्णप्रसाद भट्टराई मेरो राजनीतिक जीवनको सुरूवातकर्ता हो, २०१८ सालमा भूमिगत रूपमा उहाँ हाम्रो घर (खोप्लाङ बेलवास) बस्न आउनुभएको थियो । त्यसबेला उहाँ कागजमा के के लेख्नुहुन्थ्यो, राजा.. के के लेख्नुहुन्थ्यो। त्यसैबेला मलाई राजा भन्ने चिज गतिलो हैन रहेछ भन्ने लाग्यो, म त्यसबेला ६, ७ वर्षको हुँदो हुँ।’

उनले आफू निरंकुश राजतन्त्रविरोधी चेतनामा लागेको पनि बताए।

‘म २०३३ सालसम्म कांग्रेसनिकट रहेँ। बिपीले ०३३ सालमा राजासँग मेलमिलाप भनेर आउनुभयो। त्यो कुरा मलाई मन परेको थिएन। मैले बिपीलाई भेटेरै तपाईंको यो कुरा मन परेन भनेको थिएँ,’ उनले भने–‘त्यसपछि म राजतन्त्रविरोधी गणतन्त्रका पक्षधर कम्युनिष्टहरूसँग नजिकिएँ र २०७२ सालसम्म कम्युनिष्ट रहेँ।’

यसबीचमा चन्द्रप्रसाद न्यौपानेसँग लोकतान्त्रिक कुराहरू सिक्न पाएको उनको भनाइ थियो।

उनले भने–‘चन्द्रप्रसाद मामा ठट्यौटी प्रकृतिको मानिस हुनुहुन्थ्यो । उहाँको प्रेरणाले कांग्रेसमा थुप्रै मानिस लागेका रहेछन् भन्ने यो किताब पढेर थाहा भयो। २०६४ को चुनावमा मामा (चन्द्रप्रसाद) र भान्जा (म) गोरखामा सँगै चुनाव लड्ने अवस्था बन्यो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077