Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा १२ को परीक्षा स्थगित भएको छैन, भ्रामक सूचनामा विश्वास नगरौँँ : राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा स्थगित भएको छैन, भ्रामक सूचनामा विश्वास नगरौँँ : राष्ट्रिय परीक्षा बोर्ड

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । १२ कक्षाको परीक्षा स्थगित भएको हल्ला फैलिएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित नभएको स्पष्ट पारेको छ ।

बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १२ कक्षाको परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन हुने स्पष्ट पारेको हो ।

विद्यार्थी र अभिभावकहरूलाई भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित भएको भन्दै गरिएका प्रचारमा सत्यता नभएको पनि बोर्डले जानकारी दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा रहेको कक्षा १२ को परीक्षा स्थगित भन्दै सूचना आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077