Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षक महासंघका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई साँझ भेट्दै

शिक्षक महासंघका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई साँझ भेट्दै

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । शिक्षक महासंघका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने भएका छन् ।

आन्दोलनको नेतृत्व गरिरहेको महासंघको टोलीले प्रधानमन्त्री ओलीलाई आज साँझ ७ बजेको समयमा भेट्न लागेको हो ।

प्रधानमन्त्री ओलीलाई भेट्नु अघि छलफलमा जुटेको महासंघले शिक्षकहरुको मुद्दाबारे प्रधानमन्त्रीलाई पुनः जानकारी गराउने जनाएको छ ।

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच संवाद भइरहेपनि सहमति जुटेको छैन ।

शिक्षकहरुको माग अनुसार नै विद्यालय शिक्षा विधेयकलाई लक्षित गरेर सरकारले १२ वैशाखमा संसदको वर्षे अधिवेशन आह्वान गरेको छ ।

तर, शिक्षकहरू आश्वस्त भएका छैनन् । शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077