Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारसँग वार्तापछि शिक्षक महासंघले बोलायो बैठक

सरकारसँग वार्तापछि शिक्षक महासंघले बोलायो बैठक

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । सरकारसँग वार्ता भएपछि राष्ट्रिय शिक्षक महासंघले बैठक बोलाएको छ।

महासंघले आज दिउँसो ३ः१५ बजेका लागि बैठक बोलाएको हो। बैठक रत्नराज्य मावि बानेश्वरमा बस्ने बताइएको छ।

बैठकमा समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको छ।

यसअघि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल शिक्षक महासङ्घका पदाधिकारीबीच शिक्षक आन्दोलन र समस्याको समाधानका विषयमा बालुवाटारमा छलफल भएको थियो।

विद्यालय शिक्षा विधेयक, २०८१ तुरुन्त पारित गर्नुपर्ने मागसहित महासङ्घको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन्।

सरकारले वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले विधेयक पारित गर्न वैशाख १२ गते संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ।

सरकारले महासङ्घका मागप्रति संवेदनशील रहँदै संवाद जारी राखेको र विद्यालय भर्ना, एसइइ उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यानमा राखी आन्दोलन फिर्ता गरेर विद्यालय फर्कन शिक्षकलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077