Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संस्थागत विद्यालयसमेत बन्द गर्न शिक्षक महासंघको आग्रह

संस्थागत विद्यालयसमेत बन्द गर्न शिक्षक महासंघको आग्रह

आइतवार , बैशाख ७, २०८२

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आन्दोलन अवधिभर संस्थागत विद्यालय समेत बन्द गर्न आग्रह गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै महासङ्घले शैक्षिक सडक आन्दोलन उत्कर्षमा पुगेकोले सबैलाई आन्दोलनमा अनिवार्य उपस्थित हुन आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, 'शैक्षिक आम हडतालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरूमा अनुरोध छ ।'

'विगतका सबै सहमति सम्बोधन गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्न राज्यलाई बाध्य पार्न नेपाल शिक्षक महासङ्घको आयोजनामा हुँदै गरेको काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन उत्कर्षमा छ । यस्तो बेला यो आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा जुट्नु अनिवार्य हुन्छ । त्यसैले देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौँ आउनुहुन सबै शिक्षक(कर्मचारी साथीहरूमा पुनः अनुरोध गर्दछौँ,' महासङ्घले भनेको छ ।

आन्दोलन अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन पनि महासङ्घले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077