Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनेरास्ववियुले भन्यो : स्वार्थ समूहबाट सरकारी विद्यालय कमजोर बनाउने षड्यन्त्र भयो

अनेरास्ववियुले भन्यो : स्वार्थ समूहबाट सरकारी विद्यालय कमजोर बनाउने षड्यन्त्र भयो

आइतवार , बैशाख ७, २०८२

काठमाडौं। एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वार्थ समूहबाट सरकारी विद्यालय कमजोर बनाउने षड्यन्त्र भएको बताएको छ ।

शिक्षकहरूको आन्दोलका कारण सरकारी विद्यालयमाथि प्रश्न उठिरहेकाले समाधान गर्न आन्दोलनरत शिक्षक र सरकारलाई अनेरास्ववियुले आग्रह गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘निजी शिक्षण संस्थाका निकट स्वार्थ समूहहरूले सरकारी विद्यालय कमजोर पार्न र विद्यार्थीलाई निजी संस्थातर्फ लतार्न गम्भीर षड्यन्त्र गरिरहेका छन् । सार्वजनिक विद्यालयहरूबाट वार्षिक झन्डै ७ लाख विद्यार्थी वाहिरिएका छन् । विद्यालय बन्द हुने वित्तिकै निजी विद्यालयहरू भर्ना खुला गर्दै आकर्षक अफरको प्रचार गरिरहेका छन् ।’

विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा नधकेल्न अनेरास्ववियुले माग गरेको छ ।

‘शिक्षाजस्तो संवेदनशील पेशामा आवद्ध गुरुहरूले विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने खालको आन्दोलन गर्नु गम्भीर पेशागत प्रश्न पनि हो’ विज्ञप्तिमा भनिएको छ ।

शिक्षकको माग तुरुन्त सम्बोधन गरी शिक्षा ऐन संसदमा टेबल गरेर पारित हुने सुनिश्चितता प्रदान गर्न सरकारसँग अनेरास्ववयुले माग गरेको छ ।

विद्यालय फर्किन शिक्षकहरूलाई अनेरास्ववियुले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077