काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसार्ने निर्णय गरेको छ ।
आज बिहान बसेको बोर्ड बैठकबाट पूर्वनिर्धारित मितिमा परीक्षा गराउने निर्णय गरिएको हो ।
शिक्षक आन्दोलनका कारण परीक्षा गर्न सकिने/नसकिने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।
बैठकले परीक्षा निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ ।
नेपाल शिक्षक महासंघले तीन हप्तादेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएको छ । यही वैशाख ११ गतेदेखि परीक्षा हुँदैछ ।